पोल्यान्डकी क्यारोलिना बेलावस्का बनिन् यसपालिको विश्व सुन्दरी

 चैत ३, २०७८ बिहिबार १०:४४:३० | एजेन्सी
unn.prixa.net

यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि मार्दै उनले उपाधि जितेकी हुन् ।

बिहान अमेरिकामा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी पोल्यान्डकी क्यारोलिना बेलावस्काले अहिले स्नातकोत्तर गर्दैछिन् ।

आयोजनाका अनुसार पीएचडी गर्ने उनको योजना छ । उनले मोडलिङ समेत गरिसकेकी छिन् । यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए ।

यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ । मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम १२ मा छनौट हुन सकिनन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया