अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

 चैत ३, २०७८ बिहिबार २०:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध आज बिहीवार नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभिनेता शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । ती किशाेरीले आफूलाई एक वर्षअघि गैँडाकोटको एक होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध दिएको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालयले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ ।

अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ । याे दफामा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष कैद सजाय हुने उल्लेख छ ।

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँ हिरासतमा रहेका पलमाथि अनुसन्धान चलिरहेकाे छ । यसअघि गएकाे फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको थियाे । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया