नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग पराजित

 चैत ३, २०७८ बिहीबार २१:४५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा आज बिहीवार भएको खेलमा नेपाल बङ्गलादेश ४-२ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमै ४-१ ले अघि रहेको बङ्गलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन । नेपालले भने दोस्रो हाफमा एक गोल थप्दै बङ्गलादेशसँगको हार ४-२ को अवस्थामा पुर्यायो ।

बङ्गलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटी खातुन र शाहदा अख्तर रिपाले गोल गरिन् । नेपालका लागि दीपा शाही र अमिशा कार्कीले गोल गरिन् ।

लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । यसअघि नेपाल भारतसँग ७-१ को फराकिलो अन्तरमा पराजित भएको थियो । दुई खेलमा एक अङ्क पनि नजोडेको नेपाल पुछारमा छ । भारत र बङ्गलादेशले समान तीन अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा छ । बङ्गलादेश दोस्रो स्थानमा छ ।

अब नेपालले मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बङ्गलादेशसँग खेल्नेछ ।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया