तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्यान्डसँगकाे मैत्रीपूर्ण फुटबलमा नेपालले फिफा वरीयतामा सुधार हुने गरी खेल्ने बताएका छन् ।
अखिल नेपाल फुटबल सङ्घले आज आइतवार आयाेजना गरेकाे बिदाइ कार्यक्रममा उनले यस्ताे बताएका हुन् । ‘केही अनुभवी राष्ट्रिय खेलाडीविना नै हामीले तयारी गरेका छाैँ । फिफा वरीयतामा सुधार हुने गरी खेल्छाैँ । नेपालले इन्डोनेसिया र जोर्डन जत्तिकै बलियाे थाइल्यान्डसँग जित या बराबरीका लागि खेल्नेछ’, प्रशिक्षक अलमुताइरीले भने ।
एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एन्फाले आज आइतवार बिदाइ गरेको हाे । नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले चैत १० गते थाइल्यान्डकाे राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका लागि राष्ट्रिय टोलीले थाइल्यान्ड भ्रमण गर्न लागेको हो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले शहीद स्मारक 'ए' डिभिजन लिग च्याम्प्यिन मच्छिन्द्रका खेलाडीविना नै मैत्रीपूर्ण खेलका लागि टोली बनाएका थिए ।
नेपाली टोलीले आउँदाे चैत १० गते थाइल्यान्डकाे राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन् । टोली भाेलि सोमवार थाइल्यान्ड जाँदैछ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । एएफपसी छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् र खेल कुवेतमा हुनेछ ।
एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जसमा हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।