पल शाहविरुद्धकाे अनुसन्धान सकियाे, फाइल सरकारी वकिल कार्यालयमा

 चैत ७, २०७८ सोमबार १९:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज साेमवार जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीले २१ दिन लामो अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । प्रतिवेदन पेस गरिए पनि अनुसन्धानकाे काम प्रहरी र सरकारी वकिल दुवैको समन्वयमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो । 

भर्खरै कागजात रुजु गर्ने काम भइरहेको सरकारी वकिल कार्यालय तनहुँका सरकारी वकिल रामचन्द्र शर्माले बताउनुभयो । प्रहरीले गर्नुपर्ने अनुसन्धानमा केही छुटेको भए फेरि प्रहरी कहाँ पठाउनुपर्छ, यदि अनुसन्धान कार्य पूरा भएको देखिएमा शाहविरुद्ध अभियोग बनाएर अदालतसमक्ष पेस गरिने छ । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया