पारस खड्का 'दशकका पुरुष खेलाडी' अवार्डबाट सम्मानित

 चैत ८, २०७८ मंगलबार १८:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्का 'पल्सर स्पाेर्ट्स अवार्ड' मा दशकका पुरुष खेलाडी (प्लेयर अफ द डिकेड मेल) घाेषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार खड्का याे पुरस्कारबाट सम्मानित भएका हुन् । 

पारसकाे एक दशककाे कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेकाे थियाे । यस्तै सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटकाे मान्यता दिलाएका थिए ।

नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्‍याएको याेगदानकाे कदर गर्दै पारसलाई याे पुरस्कार प्रदान गरिएकाे हाे । पारस एकदिवसीय र टी–२० क्रिकेट दुवैमा नेपालका लागि पहिलाे शतक बनाउने खेलाडी पनि हुन् । 

पारसले गएकाे वर्ष नेपाली टाेलीबाट सन्न्यास लिएका थिए । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया