तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय फुटबल टोली 'पल्सर स्पाेर्ट्स अवार्ड'मा वर्षकै उत्कृष्ट टाेली (टिम अफ द इअर) घाेषित भएकाे छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार फुटबल टाेली याे पुरस्बारबाट सम्मानित भएकाे हाे ।
नेपालले गएकाे वर्ष काठमाण्डाैमा भएकाे थ्री नेसन्स कपकाे उपाधि जितेकाे थियाे । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको टाेली त्याे उपाधि जित्न सफल भएकाे थियाे ।
यस्तै राष्ट्रिय क्रिकेट टाेलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भए । 'पिपुल्स च्वाइस' तर्फको उपाधि टेबल टेनिसकी एलिना महर्जनले जितिन् ।
यस्तै धाविका पुष्पा भण्डारीले 'पर्फमर अफ द इअर' को उपाधि प्राप्त गरिन् भने सरिता थुलुङले 'पारा स्पोर्ट्स अनर' को अवार्ड पाएकी छिन् ।
स्वर्गीय शरद चन्द्र शाहलाई 'लाइफ टाइम एचिभमेन्ट' अर्थात् 'गोल्डेन सेल्युट' अवार्ड प्रदान गरिएको छ । यस्तै 'स्पेशल' अवार्ड डा. अजय राणालाई प्रदान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।