धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी जडेजालाई सुम्पिए

 चैत १०, २०७८ बिहीबार १६:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनु केही दिनअघि चेन्नई सुपर किङ्ग्स टिमको नेतृत्वमा ठूलो परिवर्तन भएकाे छ । अब महेन्द्रसिंह धोनीको ठाउँमा रविन्द्र जडेजाले टिमको कप्तानी गर्ने भएका चेन्नई सुपर किङ्ग्सले निकालेको विज्ञप्तिमा भनिएको छ । 

‘एमएस धोनीले रविन्द्र जडेजालाई टिमको नेतृत्व सुम्पिने निर्णय गरेका छन् । सन् २०१२ देखि टिममा आबद्ध जडेजा चेन्नई सुपर किङ्ग्सको नेतृत्व गर्ने तेस्रो खेलाडी हुनेछन्’, टिमले निकालेको विज्ञप्तिमा भनिएको छ । यो सिजन धोनीले खेलाडीका रूपमा खेल्नेछन् ।

सन् २००८ मा धोनीले पहिलो पटक चेन्नईको कप्तानी सम्हालेका थिए । पछिल्लो १४ सिजनमा धोनीले दुई सय चार खेलमा टिमको कप्तानी गरे । यसमा टिमले एक सय २१ खेल जित्दा ८२ खेलमा हार बेहोर्याे । धोनीको नेतृत्वमा चेन्नईले चार पटक आईपीएल ट्रफी र एक च्याम्पियन्स उपाधि जितेको छ । 

यस संस्करणकाे आईपीएल यही मार्च २७ तारिखदेखि सुरु हुँदैछ । पहिलाे खेलमा चेन्नई र काेलकाता नाइट राइडर्स खेल्दैछन् । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया