नेपाल थाइल्यान्डसँग २–० ले पराजित, दुवै गाेल दाेस्राे हाफमा

 चैत १०, २०७८ बिहीबार १९:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँगकाे खेलमा नेपाल पराजित भएकाे छ । चाेनबरीमा भएकाे खेलमा नेपाल थाइल्यान्डसँग दुई–शून्य पराजित भएकाे हाे । 

पहिलाे हाफ बराबरीमा सकिएकाेमा थाइल्यान्डले दुवै गाेल दाेस्राे हाफमा गरेकाे हाे । थाइल्यान्डले खेलकाे ७७ औँ र ८८ औँ मिनेटमा गाेल गर्‍याे ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेकाे हाे । 

यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डकाे क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । थाइल्यान्ड फिफा वरीयताको ११२ औँ र नेपाल १६७ औँ स्थानमा छ ।   

तस्बिर : एन्फा

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया