घरेलु मैदानमा पीएनजीसँग नेपालको लगातार दोस्रो हार

 चैत १२, २०७८ शनिबार १७:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई ३ विकेटले हरायो ।

नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । घरेलु मैदानमा पपुवा न्यूगिनीसँग नेपालको लगातार यो दोस्रो हार हो । यसअघि हिजो भएकाे खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

आज कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । ऐरीले आजको खेलमा सर्वाधिक १ सय ५ रन जोडे । उनको यो पहिलो शतक हो । ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि हिजो रोहित पौडेलले १ सय २६ रन बनाएका थिए । त्यस्तै सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पूर्वकप्तान पारस खड्काले सन् २०१९ मा यूएईसँगको एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाएका थिए ।

आजको खेलमा देव खनालले ७२ रनको अर्धशतकीय पारी खेले । खनाल र ऐरीले १ सय २९ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले राम्रो योगफल बनाउन सफल भएको थियो । हिजोको खेलमा आरिफ शेख र रोहित पौडेलले १ सय ४ रनको साझेदारी गरेका थिए । आज रोहित पौडेल ३५ रन बनाएर आउट भए । त्यस्तै भीम सार्कीले २६ रन जोडे । कप्तान सन्दीप लामिछाने २४ रनमा र सोमपाल कामी ३ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका एली नाओले ३ तथा नर्मन भानुवाले २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले एक/एक विकेट लिए । 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया