पीएनजीसँगको खेलमा नेपाल ब्याटिङ गर्दै, आदीलको डेब्यू

 चैत १७, २०७८ बिहीबार १२:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–ट्वेण्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्यूगिनी पीएनजीसँग खेल्दैछ । नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपाल र पीएनजीले आज आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । आजको खेल नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो । नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ । आजको खेलमा अलराउण्डर आदील अन्सारीले डेब्यु गरेका छन् । कुशल मल्लको ठाउँमा आदीलले डेब्यु गरेका हुन् ।

यसअघि हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसियासँग खेल्नेछ । अस्ति भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो । मलेसियाको दुई अंक रहेको छ । भोलि मलेसिया र पीएनजी खेल्नेछन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया