दक्षिण अफ्रिकालाई हराउँदै इङ्ग्ल्यान्ड एकदिवसीय महिला विश्व कप क्रिकेटको फाइनलमा

 चैत १७, २०७८ बिहीबार १४:२८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकालाई हराउँदै इङ्ग्ल्यान्ड एकदिवसीय महिला विश्व कप क्रिकेटको फाइलनमा पुगेको छ । न्युजिल्यान्डमा आज बिहीवार भएको खेलमा दक्षिण अफ्रिकालाई एक सय ३७ रनले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिकै पुगेको हो ।

इङ्ग्ल्यान्डले दिएकाे दुई सय ९४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमा एक सय ५६ रन बनाउँदा अलआउट भयो । उसका मिगनाेन डु प्रेजले ३०, लारा गाेडालले २८ तथा सुने लुस, मारिजेन काप र तृषा चेटीले २१–२१ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका साेपी एकलेस्टाेनले ६ विकेट लिइन् । 

यसअघि टस हाेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ड्यानिएल वेटकाे एक सय २९ र साेफिया डन्क्लीकाे ६० रनकाे मद्दतमा आठ विकेट गुमाएर दुई सय ९३ रन बनाएको थियो । 

अब इङ्ग्ल्यान्डले उपाधिका लागि आउँदाे आइतवार अस्ट्रेलियासँग खेल्नेछ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया