पोखरामा चैत २३ देखि २५ गतेसम्म प्याराग्लाइडिङ प्रतियोगिता हुने

 चैत १७, २०७८ बिहीबार २०:३४:२६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा यही चैत २३ देखि २५ गतेसम्म २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ, ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो । 

यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले आज बिहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्याराग्लाइडिङको एक्युरेसी विधातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । 

प्रतिस्पर्धाअन्तर्गत ल्यान्डिङ ओभरअलको पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ५०, ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक बलराम आर्चायले जानकारी दिनुभयो । महिलातर्फ ल्यान्डिङ विधामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी टिम एक्युरेसीमा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै एक्युरेसी टेन्डम पुरुष अन्तर्गत पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एअर सो तर्फ वेस्ट एक्रोबेटिकमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको वेस्ट कस्टुमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा भाग लिन चैत २० गतेसम्म अनलाइनबाट नाम दर्ता गर्न सकिने प्रतियोगिताका निर्णायक योगेश भट्टराईले जानकारी दिनुभयो । 

प्रतियोगिता सम्पन्न गर्न झन्डै ३० लाख रुपैयाँ खर्च लाग्ने संस्थाका प्राविधिकतर्फका उपाध्यक्ष अनिल केसीले बताउनुभयो । कोरोनाका कारण दुई वर्षदेखि यो प्रतियोगिता हुन सकेको थिएन । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया