अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी

 चैत १८, २०७८ शुक्रबार ६:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जितेको छ । लाहोरमा गएराति अष्ट्रेलियाले दिएको तीन सय ४९ रनको विशाल लक्ष्य पाकिस्तानले एक ओभर बाँकी छँदै  मात्र चार विकेट गुमाएर भेटायो ।

पाकिस्तानले हिजो एकदिवसीयमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याएर विजयी भएको कीर्तिमान समेत बनाएको छ । उसका लागि कप्तान बाबर आजम र ओपनर इमाम उल हकले शतक बनाए । फकर जमाम ६७ रनमा आउट भए । खुसदिल साहले १७ बलमा २७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले बेन म्याकडर्मटको शतक तथा ट्रेभिस हेडको ८९ रन मद्दतमा ६ विकेट गुमाएर तीन सय ४८ बनाएको थियो । बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले चार विकेट लिए । पाकिस्तानको जितसँगै तीन खेलको श्रृङ्खला एक/एकको बराबरीमा आएको छ । 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया