ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको ज्यान गयाे

 चैत १९, २०७८ शनिबार ११:१२:३३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धुनीबेंसी नगरपालिका वडा नम्बर १ ढुंगाखानीमा शनिबार पहिरो जाँदा एक जनाको ज्यान गएको छ । 

धुनिबेंसी नगरपालिका वडा न १ मा पर्ने जयसिद्धी रोडा ढुङ्गा उधोग प्रा.लि.ले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा खानीमा काम गर्ने मजदुर शैलेश  भन्ने शिरीष तामाङको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभएको छ । 

घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगि अनुसन्धान सुरु गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया