त्रिदेशीय टी–२० शृङ्खलाकाे 'ट्रफी' घरमै राख्छाैँ : कप्तान लामिछाने

 चैत २०, २०७८ आइतबार १८:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टोलीले भाेलि साेमवार उपाधिका लागि पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्दैछ । 

आज आइतवार टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका हुन् । घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका हुन् ।

यस्तै पीएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालसँग खेल्ने बताए । 

शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले हिजाे शनिवार मलेसियामाथि ८५ रनको जित निकाल्दा पीएनजीले नेट रनरेटकाे आधारमा फाइनलमा स्थान बनाएको थियो । नेपाल र पीएनजीबीचको फाइनल खेल कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे बजे सुरु हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • उमेश धामी

    April 3, 2022, 8:02 p.m.

    अरु त ठिकै हो यो साढे बजे भनेको चै कति रैछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया