माओवादीबाट निर्वाचित बेनीघाट राेराङ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

 चैत २१, २०७८ सोमबार १९:१८:२५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङकाे बेनीघाट राेराङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादीबाट निर्वाचित हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा आज साेमवार पार्टी प्रवेश गराउनुभएकाे हाे । 

नेकपा माओवादी केन्द्रकाे बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहनुभएका डल्लाकाेटीले धादिङमा माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँगाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने क्रम सुरु भएकाे बताउनुभयाे ।  

अध्यक्ष डल्लाकोटीले गठबन्धन संस्कृति लोकतन्त्रका लागि घातक भएकाले त्यसको विरोध गर्दै पुरानो घर एमालेमा फर्किएको बताउनुभयाे । पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले जनताका लागि काम गर्न डल्लाकोटीलाई आग्रह गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया