रमेश सिलवालको रिट खारेज, टंकलाल घिसिङलाई सदस्य सचिवको रूपमा काम गर्न बाटो खुला

 चैत २२, २०७८ मंगलबार १७:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । 

सरकारले आफूलाई नियम विपरीत सदस्य सचिवबाट हटाएको भन्दै सिलवालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । तर आज मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरिदिएको हो । 

रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा काम गर्न बाटो खुलेको छ । सरकारले सिलवाललाई हटाएर गएको मङ्सिर १३ गते घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया