आर्थिक वर्ष २०७८/७९ काे अन्त्यसम्म गण्डकीलाई उज्यालाे प्रदेश घाेषणा गरिने

 चैत २४, २०७८ बिहिबार २०:३१:४४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले दुई वर्षभित्रमा उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्य लिए पनि चार वर्ष पूरा भइसक्दा पनि सबै ठाउँमा विद्युतीकरण हुन सकेको छैन । अब भने आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आज बिहीवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । 

उहाँले अहिलेसम्म पाँच हजार नाै सय ५५ घरधुरीमा नयाँ मिटर जडान गरी बत्ती बालिएको बताउनुभयाे । बाग्लुङ, नवलपरासी, कास्की र गोरखाका केही घरमा विद्युत् जडान गर्न बाँकी रहेको उहाँकाे भनाइ छ । बाँकी घरमा बत्ती जडान गरेपछि उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने उहाँले बताउनुभयाे । सोलार प्यालनबाट ६ प्रतिशत, राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट ९२ प्रतिशत घरधुरीमा विद्युत् पहुँच उहाँले जानकारी दिनुभयाे । 

गण्डकीलाई उज्यालो प्रदेश बनाउन नेपाल विद्युत् प्राधिकरण पोखरा र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ११ बुँदे सर्तसहितको सम्झौता पत्रमा हस्ताक्षर भएकाे थियो । त्यसैगरी एक घर एक धारा अन्तर्गत ९२ हजार दुई सय १९ घरधुरीमा खानेपानीको धारा जडान गरेको मन्त्री आचार्यले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया