तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले तेस्रो जित निकालेको छ।
पुणेमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बेङ्ग्लोरले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बेङ्ग्लोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरका अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै विराट कोहलीले ४८ रन बनाए।
मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ६८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
बेङ्ग्लोरका हर्सल पटेल र वानिन्दु हसरङ्गा डी सिल्भाले दुई/दुई विकेट लिए । जितसँगै बेङ्ग्लोरले ४ खेलमा ६ अङ्क जोडेको छ । बेङ्ग्लोर तेस्रो स्थानमा छ । मुम्बईको यो लगातार चौथो हार हो । मुम्बईले ४ खेलमा अङ्क जोड्न सकेको छैन।
हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।