तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित भएको छ । छनोटबाट बाहिरिसकेको नेपाल आज मङ्गलवार आफ्नो अन्तिम खेलमा अफगानस्तानसँग आठ–एक गोल अन्तरले पराजित भएको हो ।
किर्गिस्तानको बिश्केकमा भएको खेलमा अफगानिस्तानका लागि अब्दुल गाफरले ह्याट्रिक तथा हामिद रिजा, मोर्टाजा मोहमदी, अलि अमिरि, रिजा करिमि र सायद महदीले एक–एक गोल गरे । त्यस्तै नेपालका लागि एक मात्र गोल सुमित श्रेष्ठले गरे ।
छनोटअन्तर्गत नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग पाँच–एक गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग एघार–एक गाेल अन्तरले पराजित भएको थियो ।
एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताको समूह 'बी' मा रहेकाे नेपालले कुनै पनि खेल जित्न सकेन । नेपालले तीन गोल गर्दा २४ गोल बेहाेर्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।