नवाैँ राष्ट्रिय खेलकुद जेठ २२ देखि पाेखरामा हुने, टी–२० शृङ्खला विजेता टाेलीले जनही २ लाख रुपैयाँ पाउने

 चैत ३०, २०७८ बुधबार १७:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो ।

 युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज (अथक) ले सामाजिक सञ्जालबाट जानकारी दिनुभयो । प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुनेछ । यसअघि आठौँ राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो । 

यसैबीच मन्त्रिपरिषद्को बैठकले त्रिदेशीय टी–२० शृङ्खला विजेता नेपाली टाेलीका खेलाडीहरूलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ । चैत १४ देखि २१ गतेसम्म काठमाण्डाैमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको शृङ्खलाकाे उपाधि जितेकाे नेपाली टाेलीका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँ नगदसहित पुरस्कृत गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद्काे निर्णयअनुसार त्रिदेशीय टी–२० शृङ्खला खेलेका १६ खेलाडीले दुई/दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया