ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
धनुषा – नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आइतबारदेखि विधिवत् सुरु भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो । आइतबार दिउँसो १२ बजे मुख्यमन्त्री राउतले हरियो झण्डा देखाएर जनकपुरबाट पटनाका लागि प्रस्थान गरेको बसलाई बिदाइ गर्नुभयो । जनकपुर–पटना र काठमाडौँ–बोधगयाका लागि दैनिक चारवटा बस सञ्चालन गरिने बताइएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुर र विहार राज्यको राजधानी पटना जोड्ने पटना–जनकपुरधाम बस सेवा गत मङ्गलबारदेखि सञ्चालनमा आएको हो । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गर्नुभएको थियो । गएको मङ्गलबारदेखि नै विहारको बोधगया र काठमाडौँ बस सेवा पनि शुरू भएको छ ।
भारत–नेपाल बससेवा नाम दिइएको दुई मुलुकबीच भारततर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभाग र नेपालको स्वयम्भू मञ्जुश्री प्रालिले बस सेवा सञ्चालन गरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार दुईदेशीय बस सेवा व्यवस्थापनका लागि बस रोक्ने स्थानमा सुविधा सम्पन्न कार्यालय सञ्चालन गरिएको छ । जनकपुरबाट छुट्ने बस भिट्ठामोड, सीतामढी हुँदै पटना पुग्नेछ भने काठमाडौँबाट छुट्ने बस वीरगञ्ज, रक्सौल, मोतिहारी हुँदै पटना पुग्नेछ ।
जनकपुर–पटनाको झण्डै २२५ किलोमिटर दूरीको बसको भाडा भारु २ सय ७५ अर्थात नेपाली चार सय ४० रुपैयाँ, बोधगया–काठमाडौँको भाडा एक हजार २ सय ५० र काठमाडौँ–पटनाको भाडा एक हजार १५ रूपैयाँ भारू निर्धारण गरिएको छ ।
एसी सुविधायुक्त यस जनकपुर पटना बस सेवा प्रत्येक दिन जनकपुरबाट बसपार्कबाट बिहान १० बजे रात्रि सेवा ८ बजे हुने बताइएको छ । आइतबार पहिलो बस सेवामा ३० जना यात्रुसहित गाडी प्रस्थान गरेको छ । तीस जना यात्रुमध्ये २६ जना पटनाका लागि र चार जना मुजफ्फपुरको लागि हिँडेको बताइएको छ ।
सन् २०१४ मा नेपाल–भारतबीच सम्पन्न पारवहन सम्झौताअनुसार दुवै देशका धार्मिक, पर्यटकीय शहरबीच बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो ।
सहमतिअनुसार काठमाडौँ–दिल्ली तथा काठमाडौँ–वीरगञ्ज–बोधगया बस सेवा सञ्चालन भए पनि जनकपुरधाम–पटना बस सेवा भने सञ्चालन हुन सकेको थिएन ।
बर्षेनि हजारौँ नेपाली स्वास्थ्योपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक पर्यटनका लागि भारतका विभिन्न शहर जान्छन् । विहार प्रदेशको राजधानी पटना रेल, बस तथा हवाईमार्गबाट समेत जोडिएकाले जनकपुर–पटनाको बस सेवा यात्रुका लागि लाभदायक हुने विश्वास स्थानीय बासिन्दाको छ ।
पहिले पटना पुग्न जनकपुरबाट नेपाली नाका भिट्ठामोडसम्म तथा भिट्ठामोडबाट भारतको सीतामढी–मुजफ्फरपुर हुँदै जानुपर्थो। पटकपटक बस, रिक्सा, टेम्पो आदि परिवर्तन गर्न यात्रीलाई असुविधा हुने गरेको थियो । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को सास्तीसमेत बेहोर्नु परेको थियो । सीधा बस सेवा सञ्चालन हुँदा जनकपुरबाट सरसामानसहित सिधा पटना पुग्न सकिने स्थानीयको भनाइ छ ।
‘सिधा बस सेवा सञ्चालन हुँदा सस्तो पर्नुका साथै समय बचत हुन्छ । सुरक्षित पनि हुन्छ’, जनकपुर निवासी सतीशलाल कर्णले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख १८ गते जानकी मन्दिर प्राङ्गणमा हरियो झण्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन ।
जनकपुरधाम–अयोध्या बस सेवा पनि नियमित सञ्चालन हुनुपर्ने स्थानीय बासिन्दाले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।