बार्सिलोना युरोपा लिगबाट बाहिरियो : हारसँगै १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम

 वैशाख २, २०७९ शुक्रबार ८:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बार्सिलोना युरोपा लिग फुटबलको क्वाटर फाइनलबाट बाहिरिएको छ ।

गएराति भएको क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग घरेलु मैदानमा ३–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

समग्रमा बार्सिलोना ४–३ गोलले पराजित भयो । यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको थियो ।

फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई र राफेल सान्तोसले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक/एक गोल फर्काए । यो हारसँगै बार्सिलोनाको १५ खेलसम्मको अपराजित यात्रा पनि रोकिएको छ ।

यसअघि बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ । अब फ्रान्कफुर्टले सेमिफाइनलमा वेस्ट ह्यामसँग खेल्नेछ । वेस्ट ह्यामले फ्रेन्च क्लब लियोनलाई समग्रमा ४–१ गोलले हराएको हो । 
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया