३६ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब ४५ करोड रुपैयाँको कारोबार

 वैशाख ७, २०७९ बुधबार १५:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार ३६ अङ्कभन्दा धेरैले घटेको छ । हिजो मङ्गलवार १३ अङ्कले बढेको नेप्से आज ३६ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय २० दशमलव ५१ विन्दुमा झरेको हो ।

सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा, होटल र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २८ कम्पनीका ३५ लाख ७० हजार कित्ता शेयर एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर र युनियन हाइड्रो पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया