शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

 वैशाख ८, २०७९ बिहीबार १५:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ । 

आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेकाे दिन दुई सय ३१ वटा कम्पनीका ३९ लाख ९१ हजार कित्ता शेयर एक अर्ब ६२ करोड ९१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेस्डाे समृद्ध लघुवित्तको १० करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै घलेम्दी हाइड्रो कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया