जिम्बाब्वे 'ए' सँगकाे शृङ्खलाका लागि नेपाली क्रिकेट टाेलीकाे घाेषणा

 वैशाख ९, २०७९ शुक्रबार १०:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिवि क्रिकेट मैदानमा हुने जिम्बाब्वे 'ए' सँगको एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि आज शुक्रवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।  

सन्दीप लामिछाने कप्तान रहेकाे टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल र विक्रम सोब रहेका छन् । यस्तै किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सर्राफ, अविनाश बोहरा, बसिर अहमद, लोकेश बम, विवेक यादव, सहाब आलम र सुनिल धमला पनि टोलीमा अटाएका छन् । 

यस शृङ्खलामा बायाँ हाते अलराउन्डर बशिर अहमदले पहिलो पटक मौका पाएका छन् । बशिर एक हप्ताअघि भैरहवामा भएको प्रो क्लब च्याम्पियनशिपमा सर्वाेत्कृष्ट खेलाडी बनेका थिए । 

प्रतियोगिता अन्तर्गत पहिलो एकदिवसीय खेल वैशाख १७ गते हुनेछ । यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १९ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ । 

यस्तै यी दुईबीचको पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० वैशाख २४ गते र तेस्रो टी–२० वैशाख २६ गते हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया