तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले लज्जास्पद हार बेहोरेको छ ।
मुम्बईमा भएको खेलमा बेङ्ग्लाेरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाएर भेट्टायो । हैदराबादका अविषेक शर्माले ४७ रन बनाए ।
केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे । बेङ्ग्लोरका हर्सल पटेलले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।
बेङ्ग्लाेरका सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन जोडे । हैदराबादका मार्को जान्सेन र टि नाटराजनले तीन/तीन विकेट लिए । जगदिश सूचितले दुई विकेट लिए । जितसँगै हैदराबादले ७ खेलमा १० अङ्क जोडेको छ ।
हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लाेरको ८ खेलमा १० अङ्क छ । बेङ्ग्लाेर चौथो स्थानमा छ । हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटन्स् शीर्ष स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।