महिला गोल्डकप फुटबलमा एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

 बैशाख ११, २०७९ आइतबार ८:२:४६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

धनगढी रङ्गशालामा हिजो भएको फाइनलमा एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसका निर्मला विकले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो ।

वनदेवी युवा क्लबले गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विभागीयसहित ८ टोलीको सहभागिता थियो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भइन् । उनले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताका प्रायजसाे विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, उषानाथ उत्कृष्ट गोलरक्षक र सञ्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भइन् । उनीहरुले जनही १० हजार रुपैयाँसहित ट्रफी पाएका छन् । 

विजयी खेलाडीहरुलाई एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लबका अध्यक्ष सुशन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी हुनहुन्थ्याे । 

विजयी खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंह, ओलम्पीयन दिपक विष्ट लगायतले पुरस्कार वितरण गरे । 

वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकाले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता शनिवार राति १० बजे सम्पन्न भएको थियो । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया