तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई २–० गोल अन्तरले हराएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको हो । खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो । खेलको ५५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
पहिलो लेगमा २–० गोलको अग्रता लिएको लिभरपुललाई फाइनलमा पुग्न दोस्रो लेगमा बराबरी खेलेमा पनि पुग्ने छ भने भिल्ला रियलले भने गोल अन्तरको जित निकाल्नुपर्ने छ । दुई टोलीबीचको दोस्रो लेग आउँदो मे ४ मा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ । लिभरपुलले अहिलेसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने भिल्ला रियलले अहिलेसम्म उपाधि जितेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।