आईपीएलमा गुजरातको विजयी यात्रा जारी, बेङ्ग्लाेर ६ विकेटले पराजित

 वैशाख १७, २०७९ शनिबार २०:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई हराएको छ ।

मम्बईमा भएको खेलमा टाइटन्सले ६ विकेटले हरायो । बेङ्ग्लाेरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । उसका लागि राहुल तेवातियाले नटआउट ४३ र डेभिड मिलरले नटआउट ३९ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए । जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ । १० खेलमा १० अङ्क जोडेको बेङ्ग्लाेर पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया