आईपीएल क्रिकेटमा काेलकाताले राजस्थानलाई हरायाे

 वैशाख २०, २०७९ मंगलबार ६:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ ।

मुम्बईमा गए राति भएको खेलमा कोलकाताले राजस्थानलाई सात विकेटले हराएको हो । राजस्थानले दिएको एक सय ५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायाे । कोलकाताका नितिश रानाले अविजित ४८ तथा रिन्कु सिंहले पनि अविजित ४२ रन जोडे । कप्तान श्रेयस एय्यर ३४ र बाबा इन्द्रजित १५ रनमा आउट भए । राजस्थानका प्रशिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र कुलदीप सेनले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले ५४ रनको अर्धशतकीय पारी खेले । कोलकत्ताका टिम साउथीले दुई विकेट लिए ।

जितसँगै कोलकाताले १० खेलमा आठ अङ्क जोडेको छ । कोलकाता तालिककाे सातौँ स्थानमा छ । समान खेलमा १२ अङ्क जोडेको राजस्थान तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया