धुर्कोटमा नमुना मतदान : स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएकाे पाइयाे

 बैशाख २२, २०७९ बिहिबार १९:४८:४७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी गुल्मीको धुर्कोट गाउँपालिकामा गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ । आज बिहीवार धुर्कोटको हिमालय माध्यमिक विद्यालयमा भएको नमुना मतदानमा सहभागी ९० जना मतदातामध्ये १२ जनाको मत बदर भएको हो । 

मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय गुल्मीले धुर्काेटमा नमुना मतदान गरेको हो । बदर मतपत्रमध्ये धेरैजसोमा मतदाताले स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएको पाइएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले बताउनुभयो । 

नमुना मतदानमा निर्वाचन कार्यालय गुल्मीले मतदातालाई चुनावमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन, लाइन व्यवस्थापन, स्वयंसेवक परिचालनलगायतका विषयमा जानकारी गराएको थियो । 

दुई घण्टासम्म भएको नमुना मतदानमा ४१ महिला र ४९ पुरुष गरेर ९० जनाले मतदान गरेका थिए । यसमा १२ मत बदर भएको हो । मतदानमा विभिन्न उमेर समूहका विद्यार्थी, क्लब, रेडक्रम, दल र नागरिक समाजका प्रतिनिधि सहभागी बनेका थिए । 

नमुना मतदानमा सहभागीहरूले अन्य व्यक्तिलाई मतदान गर्न सिकाएका र जिल्लामा कम मत बदर हुने अवस्था सिर्जना गर्न खोजेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभएको छ  । 

नमुना मतदानमा स्वस्तिक छाप लगाएपछि मत बदर नहुने गरी पट्याउने विधिको बारेमा पनि जानकारी गराइएकोे थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया