नवौँ राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ : लोगो र मस्कट सार्वजनिक

 वैशाख २४, २०७९ शनिबार १०:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नारा, लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज कार्यक्रम गरी गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको नारा, लोगो र मस्कट सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गर्नुभयो । नवाैँ राष्ट्रिय खेलकुदका लागि ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा तय गरिएको छ ।

नारा सुयोग्यराज काफ्लेले रचना गरेका हुन् । त्यस्तै खुला प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजाइन गरेको लोगो र मस्कट सार्वजनिक गरिएको छ । पौडेल लोगोबापत ५० हजार र मस्कटको २५ हजार तथा नारा रचना गर्ने काफ्लेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । छनोट समितिमा मस्कट ३ वटा, लोगो १३ वटा र नारा ७ वटा प्राप्त भएका थिए ।

नवौँ राष्ट्रिय खेलकुद आउँदो जेठ २२ देखि २८ गतेसम्म हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया