नेपालसँग जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित : तीन खेलको श्रृंखला एक/एकको बराबरी

 वैशाख २४, २०७९ शनिबार १३:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर २ बलमा एक विकेट गुमाउँदै भेट्टायो ।

नेपालका सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले अविजित ३४ र विनोद भण्डारीले ४ रन जोडे । जिम्बाब्वेका ब्राण्डन माभुताले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३१ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे । नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।

हिजो भएको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको जितसँगै नेपालले तीन खेलको श्रृंखलामा एक÷एकको बराबरी गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ । यसअघि भएको तीन टि–२० अभ्यास खेल पनि एक/एक को बराबरीमा सकिएको थियो । दोस्रो टि–२० वर्षाका कारण प्रभावित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एकदिवसीय र तीन टी–२० श्रृंखला खेलेको हो । 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया