अष्ट्रेलियाका एरोन फिन्च पाकिस्तानविरुद्धको टेस्टमा डेब्यु गर्दै

 असोज २, २०७५ मंगलबार १५:२५:४५ | उज्यालो सहकर्मी

अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान एरोन फिन्चले पाकिस्तानविरुद्धको खेलसँगै टेस्टमा डेब्यु गर्ने भएका छन् ।

देशका लागि ९३ एकदिवसीय र ४२ टी–२० खेलेका फिन्च यसअघि टेस्ट टिममा नपर्ने खेलाडी हुन् । आक्रामक ब्याटिङकै कारण टेस्टमा नपर्ने गरेका फिन्चले पाकिस्तानविरुद्ध खेल्ने टेस्ट टिमको घोषणापछि भने, ‘अब मैले टेस्ट क्रिकेटमा कसरी संयमित भएर खेल्ने त्यसबारे सोच्दैछु ।’

 टेस्टमा संयमित भएर खेल्नु पर्ने भए पनि ओपनिङ गर्न पठाएमा नेचुरल गेम नै खेल्ने उनको भनाई छ । मध्यक्रममा ब्याटिङमा उत्रिनु परे स्पिन र रिभर्स स्वीङको सामना गर्नुपर्ने भएकाले यस विषयमा प्रशिक्षक र कप्तानसँग सल्लाह गर्ने पनि बताए ।

फिन्चले सन् २०११ मा इंग्ल्याण्डविरुद्ध टी–२० मा डेब्यु गरेका थिए भने श्रीलंकाविरुद्ध २०१३ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म एकदिवसीय क्रिकेटमा ११ शतक तथा १८ अर्धशतकसहित ३ हजार ३ सय ६१ रन बनाईसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया