नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित

 वैशाख २६, २०७९ सोमबार १०:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन।

ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको  छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ’ए’ सँग श्रृङ्खला खेलिरहेको हो।

एक दिवसीयअघि भएको तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया