नाडाल फ्रेञ्च ओपनको क्वाटरफाइनलमा

 जेठ २२, २०७५ मंगलबार ६:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

राफेल नाडाल वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रि क्वार्टरफाइनलमा जर्मनीका म्याक्सिमिलान मार्टेररलाई ६–३, ६–२ र ७–६ को सोझो सेटमा हराउँदै नाडालले अन्तिम आठको यात्रा पक्का गरेका हुन् ।

१० पटकका च्याम्पियन नाडालले पहिलो सेटमा २–० र तेस्रो सेटमा नाडालले ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै खेल जितेका थिए । 

स्पेनिस नाडालले क्वार्टरफाइनलमा ११औं वरियताका अर्जेण्टिनी खेलाडी डिएगो स्वार्टजम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।अर्जेन्टिनाका स्वार्टजम्यानले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएका थिए ।

सेरेना बाहिरिइन फ्रेञ्च ओपनबाट 

यस्तै, विश्व नम्बर एक सेरेना विलियम्सले फ्रेन्च ओपनको खेल त्यागेकी छिन् । घाइते भएका कारण सेरेनाले मारिया सारापोभाविरुद्धको चौथो चरणको खेल नखेल्ने निर्णय गरेकी हुन् ।

२३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना आमा बनेपछि राम्रो फर्ममा देखिएपनि पछिल्लो समय उनी मांसपेसीमा समस्या आएपछि खेल त्याग्न बाध्य भएकी हुन् ।

यो समस्याका कारण उनको विम्बल्डन पनि गुम्न सक्ने खतरा बढेको छ । ‘पूर्वरुपमा जाँच गरेपछि विम्बल्डन खेल्न सक्छु की सक्दिन थाहा हुनेछ ।’ उनले भनेकी छन् । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया