मकवानपुरमा ३ सय ६५ मतदान केन्द्र

 बैशाख २९, २०७९ बिहिबार १९:३४:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरका १० वटै पालिकामा मतदान केन्द्र तयार भएको छ । भोलि शुक्रवार हुने चुनावमा यहाँका तीन सय ६५ मतदान केन्द्रबाट मतदान हुँदैछ । यस्तै एक सय ६५ वटा मतदान स्थल रहेका छन् । 

चुनावलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिएका अधिकारीहरूले स्थानीयस्तरमा राजनीतिक दलका प्रतिनिधिसँग समन्वय गर्ने काम भइरहेको छ । 

यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए–नभएकोबारे अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मकवानपुरको १० पालिकाका एक हजार नौ सय जनाभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मेयरमा २४, अध्यक्षमा ५०, उपमेयरमा १२, उपाध्यक्षमा ३२, वडाध्यक्षमा चार सय ३५, खुला वडा सदस्यमा सात सय २८, महिला वडा सदस्यमा तीन सय ५० र दलित महिला वडा सदस्यमा तीन सय जना उम्मेदवार रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया