जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने
कात्तिक २३, २०८१ शुक्रबार
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले विजयी भएको छ । बार्सिलानोका स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मद्दतले पीएसभी ४–० गोल अन्तरले पराजित भएको हो । मेसीले मंगलबार रातिको खेलमा करियरकै ४८औं ह्याट्रिक गर्दा अर्को एक गोल डेम्बेलेले गरेका थिए ।
पहिलो हाफको ३१ आंै मिनेटमा फ्रीकिकमार्फत मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा डेम्बेलेले गोल गर्र्दै बार्सालाई २–० को अवस्थामा पुुर्याएका थिए । इभान राकिटिकको पासमा ७७ औ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
बार्साका स्यामुयल उम्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए पछि १० खेलाडीमा सिमित भए पनि कप्तान मेसीले ह्याट्रिक पूरा गर्न कुनै कसर बाँकी राखेनन् । मेसीले ८७ औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । समूह बी कै अर्को खेलमा इन्टर मिलानले टोटेनहमलाई २–१ ले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।