अतिरिक्त समयमा गोल खाएपछि हार्‍याे पीएसजी

 असोज ३, २०७५ बुधबार ८:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभुरपुलले पीएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । 

मंगलबार राति भएको खेलमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेपछि इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई ३–२ ले पराजित गरेको हो ।

समूह सी अन्तर्गत भंएको खेलमा  ड्यानिएल स्टुरिज र जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा २–० को अग्रता दिलाएका थिए ।

तर थोमस मुनिएर  र किलियन एम्बाप्पेले गोल गरेपछि पीएसजी खेलमा पर्किएको थियो । खेल बराबरीमै अगाडि बढिरहेको बेला फिर्मिनोले दोस्रो हाफको अतिरिक्त समयमा  गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् ।

यही समूहको अर्को खेलमा नेपोली एफके जेज्दासँग गोलरहित बराबरीमा रोकिएको छ । यस्तै समूह ए को खेलमा एथलेटिको मड्रिडले मोनाकोलाई २–१ ले स्तब्ध बनाउँदा बोरुसिया डर्टमण्डले क्लब ब्रुगलाई १–० ले पराजित गरेको थियो ।

यसैगरी समूह डी मा गालातासारेले लोकोमोतिभ मस्कोलाई ३–० ले पराजित गर्दा पोर्टव र साल्केले १–१ गोलको बराबरीमा रोकिएका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया