पीपीएलका लागि खेलाडी दर्ता सुरु

 असोज ३, २०७५ बुधबार १३:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल)का लागि खेलाडी दर्ता सुरु गरिएको छ । 

कार्तिक दोस्रो साता पोखरामा सुरु हुने प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउँदैछन् । ती टिमले खेलाडीहरु अक्सनमार्फत खरिद गर्नेछन् । पीपीएलमा खेल्न चाहने खेलाडीहरुले वेबसाइटमा गएर नाम दर्ता गर्नुपर्ने र त्यसका लागि १ हजार दर्ता शुल्क तोकिएको छ ।  पीपीएलमा सहभागी हुने खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । 

क्याप्ड सिनियर, क्याम्पड एज लेभल र अन क्याप्ड रहेका छन् । क्याप्ड सिनियर खेलाडीका लागि न्यूनतम ५० हजार र अधिकतम २ लाख ५० हजार तोकिएको छ । एज लेभलको न्यूनतम ५० हजार तथा अधिकतम १ लाख ५० हजार  तोकिएको छ । अन क्याप्ड खेलाडीका लागि न्यूनतम ३० देखि अधिकतम ५० हजार तोकिएको छ । 

एउटा टिमले पीपीएलका लागि १५ देखि १८ सम्म खेलाडी छनोट गर्नुपर्ने छ । पीपीएलका लागि १ जना मार्की प्लेयर, २ जना विदेशी र २ जना स्थानीय खेलाडी राख्नुपर्ने नियम बनाइएको छ । खेलाडी दर्ता असोज ९ गते सम्म हुने छ । प्रतियोगिता क्विन्स इभेन्टस प्रालिले आयोजना गर्न लागेको हो ।
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया