तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । मुम्बईमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ प्ले अफमा पुगेको हो ।
लखनउले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि कप्तान श्रेयस आयरले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रन जोडे ।
लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।
लखनउका ओपनर क्विन्टन डी ककले अविजित १ सय ४० रनको शतकीय पारी खेले । यस्तै अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । आईपीएल इतिहासमा ओपनरद्वय डी कक र राहुलको यो कीर्तिमानी साझेदारी हो ।
जितसँगै लखनउ दोस्रो स्थानमा उक्लिएको छ । लखनउ प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स प्ले अफमा पुगिसकेको छ । लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली पनि हुन् । लखनउले १४ खेलमा १८ अंक जोडेको छ । समान खेलमा कोलकाता १२ अङ्कका साथ छैटौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।