धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

 जेठ ६, २०७९ शुक्रबार १३:२:१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।

थाक्रे गाउँपालिका अध्यक्षमा  एमालेका उम्मेदवार रामकुमार आचार्य २ हजार २ सय ३९ मतको अन्तरमा विजयी हुनुभएको हो। आचार्यले १० हजार ३ सय ५५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद बिडारीले ८ हजार १ सय १६ मत प्राप्त गर्नुभयो ।

यसैगरी, गाउँपालिका उपाध्यक्षमा पाँच दलीय गठबन्धनकातर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले विजयी हुनुभयो । एमालेकी उम्मेदवार अम्बिका रुपाखेतीलाई ३ सय ४० मतले हराउँदै उहाँ विजयी हुनु भएको हो । थापाले ९ हजार ४ सय ३१ मत प्राप्त गर्नुभयो भने रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गर्नुभयो।

योसँगै धादिङको २ नगरपालिका, ११ गाउँपालिका र १ सय ४ वडाको नतिजा आएको छ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया