उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व
कात्तिक २३, २०८१ शुक्रबार
इङ्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटी यो सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमा पराजित भएको छ ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई फ्रान्सको लियोले २–१ ले पराजित गरेको हो । लियोले सुरुदेखिनै दवाबमा राख्दै २६ औं मिनेटमा अग्रता बनाएको थियो । लियोका लागि गेन्ली कर्नेट सुरुवाती गोल गरेका थिए । ४३औं मिनेटमा नबिल फिकरले दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २–० ले पछि परेको सिटीले दोस्रो हाफमा एक गोल फर्काए पनि हार टार्न भने सकेन ।
सिटीका लागि ६७औं मिनेटमा लोरियो सानेको पासमा डी सिल्भाले गोल गर्दै खेल २–१ मा ल्याएका थिए । त्यसपछि थप गोल हुन सकेन र लियो २–१ ले विजयी हुन सफल भयो । घरेलु मैदानमा पराजित भएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डियोला प्रतियोगिताको सुरुमै दबाबमा आएका छन् । यही समूहको अर्को खेलमा युक्रेनको शख्तर डोनेस्कले जर्मनीको होफनहाईमसँग २–२ गोलको बराबरी खेलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।