सर्लाहीको बरहथवा नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

 जेठ ९, २०७९ सोमबार ७:५६:२५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा कल्पना कटुवाल र  उपमेयरमा रामबाबु प्रसाद साह निर्वाचित हुनुभएको हो ।

कटुवाल १२ हजार २ सय ७३  मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार  देवान्नद महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो।

कटुवालले माओवादीका उम्मेदवार  महतोले भन्दा ५ हजार ६ सय ७  मत बढी  ल्याउनु भएको हो । त्यसैगरी  उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार साह ९ हजार ९ सय १ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार  गङ्गा दाहालले ७ सात १ सय २९ मत ल्याउनुभयो ।

बरहथावा नगरपालिकाबाट  मेयरमा निर्वाचित  कल्पना कटुवाल सर्लाहीका एक मात्र महिला मेयर हुनुहुन्छ । बरहथवा नगरपालिकाको मत परिणाम सार्वजनिक भएसँगै सर्लाहीको २० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी (जसपा)ले  दुई, लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) ले एक र नेकपा एमालेले एक पालिका जितेको छ। 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया