एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि अध्यक्षमा ३ सहित ५४ जनाको उम्मेदवारी

 जेठ १३, २०७९ शुक्रबार ७:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको अर्को महिना हुने चुनावका लागि अध्यक्षमा ३ सहित ५४ जनाको उम्मेदवारी परेको छ ।

मनोनयन दर्ताको अन्तिम दिन हिजो राजीव पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए।

योसहित एन्फाको २१ सदस्यीय कार्यसमितिमा ५४ जनाको उम्मेदवारी परेको छ । शेर्पा र नेम्वाङको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यसहितको प्यानल रहेको छ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया