बेङ्ग्लाेरलाई हराउँदै राजस्थान आईपीएल क्रिकेटको फाइनलमा

 जेठ १४, २०७९ शनिबार ६:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल पुगेको हो ।

बेङ्ग्लाेरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका जोस बट्लरले अविजित १ सय ६ रनको शतकीय पारी खेले । कप्तान सञ्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।

बेङ्ग्लाेरका जोश हाजलउडले २ तथा वानिन्दु हसरङ्गा डी सिल्भाले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । बेङ्ग्लाेरका रजत पटीदारले ५८ रनको अर्धशतकीय पारी खेले ।

कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३/३ विकेट लिए । अब भोलि हुने फाइनलमा राजस्थान र गुजरात टाइटन्स खेल्ने भएका छन् । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगेको थियो । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया