एसिया कप : ‘सुपर फोर’को खेल आज, बंगलादेश र भारत, अफगानिस्तान र पाकिस्तान खेल्दै

 असोज ५, २०७५ शुक्रबार ८:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेट अन्तर्गत आजदेखि सुपर फोरको खेल सुरु हुँदैछ । एसिया कपमा भिडेका ६ मध्ये दुई समूहबाट एक एक टिम बाहिरिएपछि बाँकी रहेका चार टिमका बीचमा सुपर फोरको प्रतिस्पर्धा हुन लागेको हो ।

सुपर फोरमा चार टिमका बीचमा भएको प्रतिस्पर्धाको आधारमा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । सुपर फोरमा आज बंगलादेश र भारतबीचको खेल सवा ५ बजे सुरु हुने छ । यही समयमा अफगानिस्तान र पाकिस्तान पनि खेल हुनेछ ।

एसिया कपको सेडियुल अनुसार एउटा टिमले २४ घण्टा भित्र २ वटा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले टिमहरुलाई खेलाडीको फिटनेस मुख्य चुनौतीको रुपमा रहेको छ ।हङकङ र पाकिस्तानसँग भारतले लगातार प्रतिस्पर्धा गरेको थियो । अघिल्लो दिन अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको बंगलादेश आज भारतसँग भिड्दै छ ।

आजको खेलमा भारतलाई टिम संयोजन गर्न चुनौती हुने अनुमान गरिएको छ । हार्दिक पाण्ड्या चोटग्रस्त भएपछि उनी खेल्ने छैनन् । लगातार हङकङ र पाकिस्तानसँगको म्याचमा खेलेका भुवनेश्वर कुमारलाई पनि रेस्ट दिने अनुमान गरिएको छ । हार्दिक पाण्ड्यासँगै अक्षर पटेल र शार्दुल ठाकुर पनि चोटग्रस्त भएकाले भारतको चिन्ता थप बढेको छ ।

आजको खेलमा खलील अहमदलाई भुवनेश्वरको ठाउँमा अन्तिम ११ मा समेट्ने विकल्प पनि रहेको छ । तर पाण्ड्याको विकल्पमा दीपक चाहर भनिए पनि उनले अन्तिम ११ मा स्थान बनाउने सम्भावना कम रहेको छ ।

अक्षरको ठाउँमा रविन्द्र जडेजा, शार्दुलको ठाउमा सिद्धार्थ कौललाई टिममा शामेल गरिएको छ । बंगलादेशको टिम भारतलाई कडा टक्कर दिन सक्छ । बंगलादेशले पाँच पटकको उपाधि बिजेता श्रीलंकलाई पराजित गरेकाले भारतमाथि जतिबेला पनि हावी हुन सक्छ ।

मर्शेरफ मुर्तजाको प्रेणादायी कप्तानीका साथै मुश्फिकुर रहीम, शाकिब हल हसन, महमूदुल्लाह जस्ता ब्याट्सम्यान र मुस्तिफिजुर रहमान तथा रुबेल हुसेन जस्ता बलरले बंगाली टिम सशक्त छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया