यूईएफए नेसन्स लिग : स्पेन र पोर्चुगलको बराबरी, चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई हरायो

 जेठ २०, २०७९ शुक्रबार ७:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेसन्स लिग समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।

एक गोलले पछि परेको अवस्थामा रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगल हारबाट जोगिएको छ ।

गएराति भएको खेलमा अल्भारो मोराटाले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । तर स्पेनले अग्रता जोगाउन सकेन । पोर्चुगलका होर्टाले खेलको ८२ औँ मिनेटमा बराबरी गोल फर्काए ।

यो बराबरीपछि लिग ए समूह ‘बी’ मा दुवै टोलीले समान एक/एक अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

चेक रिपब्लिक समूहमा ३ अङ्क जोडेर शीर्षस्थानमा छ । अङ्कविहीन स्विट्जरल्यान्ड पुछारमा छ ।
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया